इटहरी स्थित पिसजोन आवासीय माविलइ ‘इन्टरनेशनल स्कुल एवार्ड’

इटहरी / इटहरी – ६ मा रहेको पिसजोन आवासीय माविले  अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार (इन्टरनेशनल स्कुल एवार्ड २०१९-२२ ) जित्न सफल भएकाे छ । नेपाल सरकार र बेलायत सरकारको समन्वयमा ब्रिटिस काउन्सिलद्वारा स्थापित उक्त एवार्डकाे सम्पूर्ण १२ वटै बिधाहरूमा स्कुलले  जित्न सफल भएकाे  हाे ।

नेपालभरका सहभागी विद्यालयहरू मध्ये ६० वटा विद्यालय नोमिनेसनमा परेका थिए । नोमिनेसनमा परेकामध्येबाट सुविधा सम्पन्न भौतिक पूर्वाधारको साथै प्रविधिको माध्यमबाट हुने सिकाइ पद्धतिहरू उत्कृष्ट भएको भन्दै पिसजोन आवासीय माविले  सम्पूर्ण १२ वटै बिधाहरूमा ‘इन्टरनेशनल स्कुल अवार्ड ’ प्राप्त गरेको स्कुलका प्रिन्सिपल केशवप्रसाद भट्टराईले जानकारी दिएका छन् । यस एवार्डले  विद्यालयलाइ थप हाैसला प्रदान गरेकाे र अागामी दिनहरूमा अझ उत्कृष्ट बनाउदै लैजाने  भाइस प्रिनिसपल बिनय दाहालले  बताए ।

प्रतिक्रिया

सम्बन्धित