सुन्दरहरैचामा बतृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न


माेरङ / माेरङकाे सुन्दरहरैंचा स्थित विराटचाेकमा प्याब्सन नगर कमिटीकाे अायाेजनामा नगर स्तरिय बतृत्वकला तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा सुन्दरहरैचाका २० निजि विद्यालयका विद्यार्थीहरु सहभागी भएका थिए । चित्रकला तर्फ सिनियरमा वर्षा ऋतु शिर्षक र जुनियर तर्फ प्रकृतिक सौन्दर्यमा विद्यार्थीहरुले चित्र सिर्जना गरेका थिए । प्रतियोगितामा चित्रकला जुनियर तर्फ शिशिर एकेडेमीका छात्रा अनिता तामाङले प्रथम स्थान हासिल गर्न सफल भएकी छिन् ।

त्यसै गरि जुनियर तर्फ लभ्ली एञ्जलका प्रजिल अधिकारी द्धितिय, जुपिटरका अंकित उराउ तृतिय र पूर्वाञ्जल एकेडेमीका प्रेया चौधरीले सान्तवना उपाधी हासिल गरेका थिए । सिनियर तर्फ सुविजीमुर मा वि का प्रज्वल शर्मा प्रथम, सिद्धार्थ सेकेण्डरी स्कुलका अन्जना राई द्धितिय, श्री इन्द्रपुर स्कुलका स्नेहा खड्का तृतिय तथा जुपिटर इग्लिंस स्कुलका सनम राईले सान्तवना स्थान हसिल गर्न सफल भएका अायाेजक कमिटीका उपाध्यक्ष दिपेन्द्र राईले जानकारी दिए ।

वक्तृत्वकला तर्फ १६ वटा विधालयलाई पछि पार्दै राइजिङ स्कुलका सितास्मा पराजुलीले प्रथम स्थान हासिल गरिन भने सुविजिमुर मा वि का ओल्सन कार्कीले दाेस्रो, सिद्धार्थ सेकेन्डरी स्कुलका अभिनव बस्नेत र माउण्ट मकालु माध्यमिक विद्यालयका जेम्स विष्टले तेस्रो स्थान हासिल गरे भने अनिसा पाठक, टेण्डरफिट इग्लिंस स्कुलले सान्तवना स्थान हासिल गरेका छन् । नगर स्तरिय प्रतियोगिताबाट पुरस्कृत सहभागिहरुले जिल्ला स्तरिय प्रतियाेगितामा सहभागि हुने अवसार प्राप्त गर्ने
प्याब्सन सुन्दरहरैंचाका नगर सचिव दिपक केसीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिका उपमेयर धनमाया तामाङले विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रले उनिहरुकाे भविष्य विकास नहुने बताउदै अतिरित्त क्रियाकलापले नानीहरुलाई किताबी संसारबाट बाहिर निस्कन मदत गर्ने भएकाेले नानीहरुलाई यस्ता कृयाकलापमा प्रोत्साहन गर्नु पर्ने बताईन । उनले अतिरिक्त क्रियाकलापमा समेत सम्बन्धित पक्षले ध्यान दिएर विद्यार्थीहरुको हौसला बढाउनु पर्नेमा जोड दिइन ।

कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत, प्रदेश सचिव टिकाराम ढकाल लगायतले मन्तव्य राख्दै विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्ने कुरामा सबै लाग्नु पर्ने बताए । निजि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा पहिचान र प्रबर्धन गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको प्याब्सन नगर कमिटी अध्यक्ष हरिश्चन्द्र ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित