पिसजोनमा सफल ब्यबसायी बलराम आचार्य (तस्विरहरू सहित)

ईटहरी । सुनसरीको ईटहरीस्थित पिसजोन आवासिय माध्यमिक बिद्यालयमा प्रदेश १ का सफल ब्यबसायी बलराम आचार्यले आफना सफलता र संघर्षका कथा सुनाएका छन । आचार्यले कक्षाा ११ का बिद्यार्थीहरूलाई सफलता र संघर्षका कथा सुनाएका हुन् ।

मंगलबार बिहान आचार्य सो बिद्यालयमा पुग्दा शिक्षकहरु मात्र नभएर बिद्यार्थी समेत उत्साहित भएका थिए । बिद्यालयले सफल ब्यत्तिको जीवन भोगाई र सफलताको कथा प्रस्तुत गर्न आचार्यलाई बिद्यालयमा बोलाएको थियो । आचार्यले बिद्यार्थीहरुलाई जीवनका आरोह र अबरोहका बारेमा प्रस्तुत गर्दा धेरै बिद्यार्थीहरुका आँखामा आँशु समेत रसाए ।

आचार्य प्रदेश नम्बर १ का पहिलो र ठुलो गोरखा डिर्पाटमेण्टका सञ्चालक हुन । उनलाई बिद्यालयमा बोलाएर बिद्यार्थीहरु माझ उनको जीबन भोगाई सुनाउँदा बिद्यार्थीहरुलाई उत्प्रेरणाको काम गर्ने बिद्यालयका भाईस प्रिन्सिपल बिनय दाहालले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित