‘प्रचण्ड’की नातिनी‘ काे मायालु तिमी कहाँ छौ’ सार्वजनिक

नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ भिडियो गीत आज डिजिटलरुपमा सार्वजनिक गरिएको हो ।आज अपराह्न गज्जबको टेलिभजनको युट्युब च्यानलमार्फत गीतको औपचारिक सार्वजनिक गरिएको छ । दाहालको स्वरमा रहेको गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ । गीतमा दाहाल स्वयम्ले समेत नृत्य गर्दै अभिनय गर्नुभएको छ ।

उत्कृष्ट छायांकन रहेको गीतलाई दिनेश थपलियाले रचना गर्नुभएको हो । दाहाल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुनुहुन्छ । उहाँले यसअघि एक दर्जन बढी गीतमा स्वर दिइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित