उपचारकाे क्रममा बच्चाकाे मृत्यु, ग्रान्डी अस्पतालमा तनाव

काठमाडाैं / उपचारका क्रममा बच्चाको मृत्यु भएको भन्दै मृतकका आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गरेका छन्।

चिकित्सकको लापरवाहीको कारणले बच्चाको मृत्यु भएको आरोप लगाउँदै आफन्तले प्रदर्शन गरेका हुन्।

२० असारमा गोल्फुटारकी निशा तामाङले जुम्ल्याहा छाेरी जन्माएकी थिइन्, जसमध्ये एकको साउन ६ गते मृत्यु भएको छ।

अस्पतालले संक्रमणका कारण बच्चाकाे मृत्यु भएकाे बताएपनि परिवारले यसलाइ स्वीकारेका छैनन्।

निशाले आईभिएफ प्रविधिबाट बच्चा जन्माएकी हुन्।

आफन्तले दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्तिकाे माग गर्दै आइरहेका छन्। उनीहरुले १५ दिनदेखि शव उठाउन मानेका छैनन्।

प्रतिक्रिया

सम्बन्धित