क्यान्सर पीडित राधिका लाई हङकङबासीको सहयोग

धरान / लामो समयदेखि क्यान्सरबाट पीडित धरान १५ की एक महिलालाई हङकङबासीले सहयोग गरेका छन् । धरान १५ श्यामचौकमा डेरा गरी बस्ने ५७ बर्षीया राधिका भुजेललाई देउराली परिवार हङकङले घरमै गएर १ लाख ५० नगद सहयोग गरेको हो ।

विगत चार बर्षदेखि मृगौला क्यान्सरबाट पीडित भुजेल विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराइरहनु भएको छ । लामो समयदेखि आर्थिक अभावका कारण उपचार गराउन कठिन भइरहेको बेला यो सहयोगले ठूलो राहत पुगेको पीडित भुजेलले बताउनुभयो ।

तीन सन्तानकी आमा भुजेलको जेठा सन्तान मणिकुमार भुजेल मानसिक सन्तुलन ठीक नभएको, कान्छा छोरा ललित भुजेल पनि २०६६ सालमा ट्याक्टर दुर्घटनामा परी दाहिन खुट्टा गुमाउनु परेको थियो । उहा समेत काम गर्न नसकेपछि अहिल माइला छोरा विशाल भुजेलले घर मजदुर गरेर जीविकोपार्जन गनुपर्ने र आमाको उपचार गराउन समेत कठिन भइरहेको कान्छा छोरा ललित भुजेलले बताउनुभया ।

यसैगरी धरान ४ शिखरबासका ८ बर्षीय बालक नयन राइको उपचारमा समेत सहयोग गरिएको छ । धरान १० देउराली घर भएकी र हाल हङकङ बस्दै आउनु भएकी हेममाया लिम्बुले १० हजार उपचारमा सहयोग गर्नुभएको हो । सानै उमेरमा जन्डिस भएका राईका हाल हातखुट्टा समेत चल्दैन । हाल उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेका छ ।

प्रतिक्रिया

सम्बन्धित