सिद्वार्थ सेकेण्डरीमा स्वागत कार्यक्रम


माेरङकाे सुन्दरहरैंचा स्थित सिद्वार्थ सेकेण्डरी स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरु लाई कक्षा १२ का विद्यार्थीहरुकाे सहयोगमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राजकुमार अाेझा थिए । उनले यस विद्यालयले हाेटल म्यानेजमेन्ट , ट्राभल एण्ड टुरिजम तथा कम्युटर साइन्स लगायतका नयाँ र अाकर्षक विषयकाे पढाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उपयुक्त हुने भएकोले दक्ष जनशक्ति तयार गरेकोमा विद्यालयकाे प्रशंसा गरेका थिए ।

विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन वस्नेतले अाफ्नाे विद्यालयमा पढाईकाे राम्रो वातावरण भएको तथा सुविधा सम्पन्न कक्षा काेठा र प्रयाेगशाला भएकोले टाढा टाढा बाट विद्यार्थी अाकर्षित भएको बताए । २०७२ साल देखि व्यवस्थापन विषयमा ११ र १२ कक्षा संचालन भएको विद्यालयमा हाेटल म्यानेजमेन्ट , कम्प्युटर साइन्स , ट्राभल एण्ड टुरिजम लगायतका काेष प्याकेज रहेकाेले ११ कक्षामा ८१ जाना विद्यार्थी भर्ना भै पढ्नपाठन शुरु भइसकेकाे विद्यालयका सहायक प्रिन्सिपल जे. बि . थुलुङले जानकारी दिए ।

स्वागत कार्यक्रममा गायक साजन राईले गीत सुनाएका थिए । विद्यार्थीहरुले सांस्कृतिक तथा साङगीतिक कार्यक्रम प्रस्तुत गरेकाे कार्यक्रमकाे सञ्चालन क्रान्ति लिम्बू र अस्मिता खड्काले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित