सडक बालबालिकालाई निःशुल्क अध्यापन

काठमाडौँ / विभिन्न कारणले सडकमा आउन बाध्य भएका र दुःख पाएका बालबालिकाका लागि बाल सारथी सामाजिक संस्थाले निःशुल्क पठनपाठनको व्यवस्था गरेको छ । जयवागेश्वरीमा १०० जना यस्ता बालबालिकाका लागि बिहानी खानासहित निःशुल्क अध्यापन व्यवस्था गरिएको हो । बाल सारथी एकेडेमीको नाममा स्थापित यो विद्यालयमा हाल कक्षा ५ सम्म गरी ५४ छात्रा र ४६ छात्र अध्ययरत छन् ।

बाल सारथीको १३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले संस्थाले सडकमा भविष्य खोजिरहेका बालबालिकालाई शिक्षा दिएर उदाहरणीय काम गरेको बताए । प्र्रदेश नं. ३ सरकारका तर्फबाट विद्यालय भवन बनाउन आफूले पहल गरिदिने प्रतिबद्धता पनि उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित