शिक्षण अनुमति पत्रको तयारी कक्षा सञ्चालन

 

इटहरी / शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको दरखास्त फारम खुल्ला गरे पछि शिक्षण अनुमति पत्रको तयारीका लागी कक्षा सञ्चालनमा आएका छन् । इटहरीमा पनि एविन केविन एजुकेसन फाउण्डेसन लगाएतका संस्थाहरूले अध्यापन अनुमति पत्रका लागी तयारी कक्षाहरु सञ्चालनमा ल्याएको छ ।

प्रशिक्षक तथा अधिवक्ता केविन पोख्ररेलका आनुसार शिक्षण सेवा आयोगले पछिल्लो समय परीमार्जन गरेको पाठ्यक्रम गुणस्तरिय सान्दर्भिक विषयगत र राम्रो शिक्षक उत्पादनका लागी उपयुक्त रहेरेको छ । पोख्ररेलले भने “पाठ्यक्रम परीमार्जन भएकाले परिक्षार्थिहरुले आफुले अध्यनन गरेको मुल बिषयको आधारमा बिषयगत फारम भरी र बिषयगत अनुमति पत्र पाउने व्यबस्था छ” ।

प्रबिधिकाे प्रयोग गरि आयोगले यस पटक अनलाइन फारम भर्ने व्यबस्था मिलाएको छ । अघिल्ला बर्षको भन्दा फरक पाठ्यक्रम परीमार्जन गरी परिक्षार्थिहरुले आफुले अध्यनन गरेको मुल बिषयको आधारमा बिषयगत फारम भर्ने र बिषयगत अनुमति पत्र पाउने आयोगले व्यबस्था मिलाएको छ ।
यसरी शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रको दरखास्त फारम भराए पनि परीक्षाको मिति भने तय गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित