कक्षा १२ को ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक (सूचना सहित)

काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको समय तालिका तोकेको छ । पहिलो परीक्षा भदौ २२ गते अनिवार्य अंग्रेजी विषयको हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विषयको ग्रेड सुधार गर्न चाहने विद्यार्थीको परीक्षा पनि २२ गते नै सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।

यस्तै २ ओटा विषयको परीक्षा दिने विद्यार्थीका लागि भने २२ गते सानो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ । भने २३ गते ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा बोर्डका अनुसार जुनसुकै विषयको ग्रेड वृद्धि परीक्षा दिने विद्यार्थीले परीक्षाको पहिलो दिन अनिवार्य रुपमा परीक्षामा सहभागी हुनुपर्ने छ । तोकिएको परीक्षा कार्यक्रमअनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ ।

सूचना

प्रतिक्रिया

सम्बन्धित