न्यूरोकाे विस्तारित शाखा मदर एण्ड चाइल्डमा रक्तदान कार्यक्रम

इटहरी / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटिको विस्तारित शाखा तुलशा मदर एण्ड चाइल्ड हस्पिटल र रोटरी क्लब अफ बिराटनगर मिड टाउनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मदर एण्ड चाइल्ड शाखामा प्राङगणमा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको रोटरी क्लब अफ बिराटनगर मिड टाउनका अध्यक्ष गंगा यादबले बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा तुलशा हस्पिटलमा आयोजना गरिएको सो रक्तदान कार्यक्रममा अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीहरु, रोटरी क्लब अफ बिराटनगर डाउन टाउनका पदाधिकारीहरुले रक्तदान गरेका थिए । हस्पिटलका संस्थापक एवम् बरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार बिष्टले हस्पिटलको सामाजिक उत्तरदायित्व बिषयमा जानकारी गराउँदै कार्यक्रमको औपचारीक सुभारम्भ गर्नुभयो ।

त्यस संगै न्यूरो हस्पिटलका मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकाले रक्तदान गरि उदघाटन गर्नु भएकोे थियो । हस्पिटलका वरिष्ठ प्याथोलोजिस्ट डा. सागर राज पाण्डेले रक्तदानबारे प्रकाश पार्नुभयो । यता न्यूरो हस्पिटलका अपरेसनल डाइरेक्टर राजेश भटट्राईले आगामी दिनमा समेत न्यूरो हस्पिटल र बिभिन्न क्लब संगको सहकार्यमा विभिन्न स्वास्थ्य शिविरहरु तथा रक्तदान कार्यक्रमहरु गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित