दुई युवकले एक व्यक्तिको हत्या गरे अनि उसको टाउको लिएर प्रहरी चौकी पुगे

काठमाडौं / भारतको तेलंगानामा दुई युवकले एक व्यक्तिको हत्या गरेर उनको टाउको लिएर प्रहरी चौकी गएका छन् । उनीहरूले प्रहरीसमक्ष समर्पण गरेका छन् ।

यो भयानक घटना शनिवार बेलुका नाल्गोन्डाको नाम्पाल्ली मण्डलमा भएको हो । नाम्पाल्ली प्रहरी चौकीमा तैनाथ प्रहरीहरू मोहम्मद इरफान र मोहम्मद गूसले एक हातमा टाउको अनि अर्को हातमा हँसिया देखेर स्तब्ध भए । दुईजनाले अपराध सकारे अनि आत्मसमर्पण गरे ।

टाउको गिँडिएका व्यक्तिको नाम सद्दाम हो र उनी ट्याम्पु चलाउँथे । उनलाई दुईजनाले नरिवल काट्ने हँसियाले गिँडेका थिए ।

आफूले बहिनी मानेकी एक महिलालाई सद्दामले केही वर्षअघि हैदराबाद लगेको अनि उनको मृत्यु त्यहीँ भएकोले उनीहरूले प्रतिशोधस्वरूप यो हत्या गरेका बताएका छन् । ती महिलाको शंकास्पद अवस्थामा मृत्यु भएकाले यी दुईजनाले सद्दामलाई त्यस हत्याको जिम्मेवार ठानेका थिए ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित