इटहरी जनता क्याम्प सञ्चालक समीती निर्वाचन : स्वतन्त्र उम्मेद्वार कटवालसहित संयुक्त प्यानल बिजयी

इटहरी / जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समीतीमा एक स्वतन्त्र उम्मेदवार सहित संयुक्त प्यानलका सबै १२ जना निर्वाचित भएका छन् । घोषणा गरीएको निर्वाचन परिणाम अनुसार विजयी हुनेहरूमा पूर्व सांसद रेवती भण्डारी, शिवराज दाहाल , देवु निरौला, विकास के सी , ज्योति कोइराला,तिर्थराज पराजुली, प्रमोद भट्टराई, युगप्रीय निरौला , आकाश सुब्बा , भीम सुवेदी सागर ,इश्वर भट्टराई , रेवति घिमिरे र स्वतन्त्र उम्मेदवार यज्ञबहादुर कटुवाल रहेका छन ।

इटहरी ४ मा वडाध्यक्ष समेत रहका चन्द्र भट्टराई र स्वतन्त्र उम्मेदवार हेमसागर तिम्सीना भने पराजित भएका छन् । १७ सदस्यीय सञ्चालक समीतीमध्ये निर्वाचनबाट १३ जना र मनोनित चार जना रहने व्यवस्था रहेको छ । क्याम्पसमा १५ हजार भन्दा बढी चन्दा दिनेहरु मध्येबाट सञ्चालक समीती छनौट हुने गरेको हो । १५ हजार भन्दा बढी चन्दा दिनेलाई परिषद सदस्य भन्ने गरिएको छ । हाल क्याम्पसमा ५१३ जना परिषद सदस्य मभ्ये ३७२ जनाले मात्र मतदान गरेकाे निर्वाचन संयोजक गीता अधिकारी जानकारी दिईन् ।

मत परिणाम :-

१.यज्ञ बहादुर कटवाल -२४२

२.रेवती रमन भण्डारी -३२३

३.शिभ राज दाहाल -३१४

४.देभु निरौला – ३३६

५.बिकाश के.सि.-३००

६.ज्योती कोईराला -३३१

७.तिर्थराज पराजुली-३४८

८.प्रमोद भट्टराई -२९८

९.युग पृय निरौला-३४२

१०.आकाश सुब्बा-३३१

११.सागर सुवेदी-३४३

१२.इश्वर भट्टराई -३३६

१३.रेवती घिमिरे -२९१

प्रतिक्रिया

सम्बन्धित