वर्ष बितेपछि सुत्केरीलाई सरकारी भत्ता

इनरुवा । समयमा रकम उपलब्ध हुन नसकेको भन्दै जिल्ला अस्पताल इनरुवाले सुत्केरी महिलाहरुलाई प्रोत्साहन वापत तिर्नुपर्ने
रकम एक वर्ष बितेपछि आईतवारबाट दिन सुरु गरेको छ । नेपाल सरकारबाट आमा सुरक्षा कार्यक्रम अन्र्तगत अस्पात आई नियमित आई चेकजाँच गराउने र अस्पतालमै बच्चालाई जन्मदिने आमालाई जनही १८ सयका दरले उपलब्ध गराउदै आएको छ ।

मुलुकको पुनः संरचना पछि स्थानीय निकायको अन्र्तगत गएको स्थानीय अस्पतालहरुमा समयमा रकम पुग्न नसक्दा सुनसरीमा सुत्केरी आमा सुरक्षा कार्यक्रम अन्र्तगतको रकम सेवाग्राहीलाई समयमा पाउन सकेका थिएनन् । जिल्ला अस्पताल ईनरुवाको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७५।०७६ मा सो अस्पतालबाट १७ सय ५१ जना आमाहरुले सुत्केरी सेवा पाएपनि सो वापतको सरकारी सुविधा पाएकी छैनन् । झण्डै एक वर्ष पछि सो प्रयोजनका लागी रकम ईनरुवा अस्पतालमा आईपुगेको ईनरुवा अस्पतालका उमेश गौतमले जानकारी दिए ।

गौतमका अनुसार आईतवारबाट सुविधा तिर्न बाँकी सुत्केरी सेवाग्राहीलाई सम्र्पक गरी बोलाउँदै रकम दिने काम सुरु भएको छ । तर अस्पतालले एक वर्षपछि उपलब्ध गराएको सो रकम सेवाग्राहीसम्म नपुगी कर्मचारीको मिलोमितोमा अनियमितता हुन सक्ने आंशकाप्रति सर्वसाधारणहरु अहिले चिन्तित देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित