बिहानै बासेकाे भालेले छिमेकीलाई ‘डिस्टर्भ’ गरेको आरोपमा पाँच लाख जरिवाना

एजेन्सी / बिहान चाँडै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्भ’ भएको भन्दै अदालतमा मुद्दा दायर भएपछि फ्रान्सको एक अदालतले कुखुरा धनीलाई चार हजार युरो (करिब पाँच लाख रुपैयाँ) जरिवाना तोकेको छ ।

फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसे नामका व्यक्तिको भाले सवेरै बासेर ‘डिस्टर्भ’ गरेको उल्लेख गर्दैल उनका एकजना छिमेकीले कुखुरा हटाउन अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले उनको मुद्दामा सुनुवाई गर्दै मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको बताएको छ ।

अदालतले मुद्दा दायर गर्ने महिलाको वकिल खर्च छ सय युरो समेत तिरि कुखुराको भालेलाई अभिलम्ब हटाउन आदेश दिएको हो । गत मे २४ का दिन मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित