मदिरा पिएर बच्चा जन्माउदा शिशुको मृत्यु, आमालाइ लाग्यो ज्यानमारा मुद्धा

 

अमेरिकी राज्य मिनिसोटामा एक महिलाले मदिराले मात्तिएर बच्चा जन्माइन् । तर शिशुको मृत्यु भयो । अनुसन्धानमा उनले मदिरा पिएर आफैले बच्चा जन्माउन खोजेको देखियो। ३४ हप्तादेखि उनी गर्भवती थिइन्। उनको बच्चा पाउने मिति अझै २ हप्ता बाँकी थियो।

तर उनले एक लिटर ह्विस्की पिइन्। उनले बच्चा त जन्माइन् । तर शिशु बाँच्न सकेन। ती महिला २९ वर्षीया रियाना मारिया क्यामेरोन भएको जनाइएको छ। सन् २०१८ डिसेम्बरको यस घटनाले यतिबेला मानिसहरु हैरान भएका छन् ।

डिसेम्बर ३० तारिखका दिन बच्चा र आमा गम्भीर अवस्थामा देखेपछि रियानाकी श्रीमानले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार घटनास्थल पुग्दासम्म बच्चाको मृत्यु भइसकेको थियो। बच्चाको रगतमा पनि मदिराको केही मात्रा देखिएको जनाइएको छ।

घटनास्थलबाट १.७५ लिटरको ह्विस्कीको बोतल समेत बरामद भएको थियो । हाल रियानामाथि ज्यानमारा मुद्धा लागेको जनाइएको छ। प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ। डेलीमेलका अनुसार उनलाई दशवर्षको जेल सजाय हुनसक्ने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित