गाई, भैंसीको भन्दा पौष्टिक दुध दिने किरा भेटियो

 

गाई, भैँसी, बाख्रा लगायतका स्तनधारी जनावरले मात्र होइन किराले पनि दुध दिने गरेकाे छ । याे एक विशेष प्रजातिको दूध दिने किरा हाे जसले गाईको भन्दा पनि फाइदाजनक दूध दिन्छ । किराको प्रजातिमध्ये एउटा यस्तो प्रजाति हो, साङ्ला जसले दूध दिने गरेकाे छ । र यो साङ्लाको दूधमा अन्य जनावरको दूधको तुलनामा निकै धेरै पौष्टिक तत्व हुन्छ ।

विभिन्न देशका मानिसहरुले साङ्ला खाने गर्दछ र भविष्यमा साङ्लाको दूधले पनि बजार लिने संकेत देखिएको छ । अध्ययनको क्रममा गाईको दूधमा भन्दा यो प्रजातिको साङ्लाको दूधमा चार गुणा बढी पौष्टिक तत्व पाइएको थियो ।

यस विषयमा अनुसन्धान गरेका भारतका वैज्ञानिक सुब्रमण्यम रामाश्वमईले दूध दिने साङ्ला प्रजातिको नाम डिप्लोप्टेरा पंक्टाटा अर्थात् प्यासिफिक बिटल कक्रोच भएको बताएका छन् । यो साङ्लाका बच्चा धेरै समयसम्म बाँच्छन् र स्वस्थ पनि हुन्छन् । त्यसको मुख्य कारण साङ्लाको दूध नै हो ।

प्रतिक्रिया

सम्बन्धित