‘टिकटक’ काे यस्ताे क्रेज, स्टन्ट भिडियाेले लियाे ज्यान


पछिल्लो समय टिकटकको क्रेज निकै बढिरहेको छ । टिकटक भिडियो बनाउने लहडले कसैलाई यति हदसम्म लानसक्दो रहेछ, जसले ज्यान पनि गुमाउनु परेको छ ।

बाढीको पानीमा स्टन्टको भिडियो शुट गरी टिकटकमा अपलोड गर्न चाहने एक युवाले आफ्नो ज्यान नै गुमाउनु परेको छ । यो घटना भारतकाे बिहारमा भएकाे हाे । यो भयावह घटना बिहारको दरभङ्गा जिल्लाको रहेको भारतीय सञ्चार माध्यम आजतकले उल्लेख गरेको छ । तीन दिनअघिको याे घटनामा बाडीले बगाएकाे युवाकाे शव बिहीबार प्राप्त भएको थियाे । स्टन्टको भिडियो बाहिरिएपछि तथ्य पत्ता लागेको हो ।

यसररी भएकाे थियाे घटना

तीन साथीहरू कासिम, अफजल र सितारे सदर प्रखंडस्थित अदलपुर गाउँका भए पनि बाढी हेर्न केवटीस्थित लालाचौर पुगेका थिए । बाढीको पानी हेरिसकेपछि उनीहरुले पानीमा स्टन्ट लिन थाले ।

ती युवाले टिकटकका लागि खतरापूर्ण स्टन्ट गर्दै भिडियो बनाउन लागेको मिडियामा बताइएको छ । स्टन्ट गर्ने क्रममै अफजललाई बाढीले डुबाएको थियो । तीन दिनपछि उनको शव भेटिएको थियो । ती युवाले अनेक प्रकारले स्टन्ट गरेको भिडियो बाहिरिएको छ ।

स्लो मोसनमा खिचिएको भिडियोमा ती युवा सडकबाट दौडिएर पुल नजिकको तेज बहावमा फाल हानेको देखिएको छ । ती युवा पालैपालो फाल हाल्छन् र अर्का साथीले तिनको भिडियो बनाइरहेको देखिन्छ ।

बाढीमा फाल हानेका कासिम नामका युवालाई बचाउन बाढीमा फाल हान्दा अफलजलाई बाढीको तीव्र धारले बगाउँछ । कासिम भने जसोतसो बाढीबाट निस्कन्छन् । भिडियो बनाइरहेका युवा हराएका साथीलाई खोज्न फाल हान्छन् ।

त्यतिबेलासम्म अन्य स्थानीय पनि भेला हुन्छन् । र, डुबेका युवालाई खोज्न जुट्छन् ।

तीन दिनपछि अफजलको शव एनडीआरएफको सहयोगमा गोताखोरको टिमले फेला पार्छन् । घटनापछि दरभङ्गा प्रशासनले बाढीमा प्रवेश नगर्न स्थानीयलाई अपिल गरेको छ । बाढीमा सेल्फी नलिन समेत स्थानीयलाई उर्दी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित