अपरिचित पुरुषसँग लगातार सात पटकसम्म शारिरिक सम्बन्ध राखेपछि……

इन्डोनेसियामा एउटा अनौठो परम्पराले जरा गाडेको छ । त्यहाँ हरेक वर्ष महिलाहरूले अपरिचित पुरुषसँग शारिरिक सम्बन्ध कायम राख्छन् ।

अझ रोचक कुरा त के छ भने विवाहित महिलाले कुनै अपरिचित पुरुषसँग शारिरिक सम्बन्ध कायम गर्ने क्रममा उनीहरूका श्रीमानले समेत सहयोग गर्छन् । यो चलन १६ औं शताब्दीदेखि चलिआएको छ ।

हामीकहाँ परपुरुषसँगको सम्बन्ध अवैध र घृणित मानिन्छ तर इन्डोनेसियाको पोन नामक पर्वमा महिला तथा पुरुषहरू माउन्ट केमुकस पुग्छन् ।

त्यहाँ महिलाहरूले आफूलाई मन पर्ने कुनै अपरिचित पुरुषको खोजी गर्छन् अनि मनले खाएको पुरुष फेला परे सहमतिमा शारिरिक सम्बन्ध राख्छन् । हरेक ३५ दिनमा जब यो पर्व आयोजित हुन्छ, महिलाहरूले सोही पुरुषसँग शारिरिक सम्बन्ध गर्नुपर्छ ।

लगातार सात पटकसम्म महिलाले उक्त पुरुषसँग शारिरिक सम्बन्ध गरेपछि महिलाको मनको इच्छा पूरा हुने जनविश्वास छ । यो पर्वसँग एउटा अनौठो कथा जोडिएको छ ।

१६ औं शताब्दीमा त्यहाँका राजा थिए– पेगेरन समोरो । उनी आफ्नी सौतेनी आमा नायी ओत्रोवुलानलाई खुब मन पराउँथे । एकरात जब उनी सौतेनी आमासँग शारिरिक सम्बन्ध गरिरहेका थिए, त्यही समयमा दुवैको हत्या भयो । त्यसैले राजा र उनकी सौतेनी आमाले पूरा गर्न नपाएको शारिरिक सम्बन्ध जसले पूरा गर्छ उसका सबै दुःख हट्ने र घरमा खुसियाली छाउने विश्वास गरिन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित