तुलशा हस्पिटलको निरन्तर स्वास्थ शिविर ( तस्विर तथा भिडियो सहित )

विराटनगर / न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलको विस्तारित शाखा तुलशा मदर एण्ड चाइल्ड हस्पिटलले आमा र बालबालिका लक्षित निःशुल्क स्वास्थ शिविर संचालनमा ल्याएको छ । हस्पिटलले स्वस्थ आमा सम्पन्न परिवार ः स्वस्थ बच्चा उज्जव भविष्यको आधार भन्ने मुल नाराका साथ निःशुल्क स्वास्थय शिविर संचालनमा ल्याएको हो ।

हस्पिटलले प्रथम चरणमा बिराटनगरलाई लक्षित गरि शिविर आयोजना गर्दै आएको छ । बिराटनगरका बिद्यालयहरुमा पढ्दै गरेका बालबालिका तथा उनिहरुका आमाको स्वास्थको एकै साथ ख्याल गर्न शिविर संचालनमा ल्याइएको छ । हस्पिटलद्वारा आयोजित निः शुल्क स्वास्थ्य शिविरले विगत एक महिनामा मात्रै ६ वटा बिद्यालयका बालबालिका तथा उनिहरुका आमाहरुले स्वास्थ सेवा लिई लाभान्वित भएका छन् ।

हस्पिटलका संस्थापक तथा बरिष्ठ न्युरोलोजिस्ट डा. बिरेन्द्रकुमार बिष्टले भोलीका देशका कर्णधार बालबालिकाहरु नै भएकाले स्वास्थ समाज निर्माण हेतु तुलशा हस्पिटले यस किसिमको निशुल्क स्वास्थ्य शिविर संञ्चालनमा ल्याएको बताउनुभयो । हस्पिटलले यस अघि भानु स्कुल , होलिल्याण्ड स्कुल , कान्तिपूर स्कुल , गौत्म बुद्ध मेमोरीयल स्कुल , देबकोटा स्कुल , मदर टेरेसा स्कुललमा स्वास्थ्य शिविर संञ्चालन गरि बिरामीको निःशुल्क उपचार गरिएको हस्पिटलका कार्यकारी निर्देशक अनिषा विष्टले जानकारी दिनुभयो ।

शिविरमा तुलशा हस्पिटलका बरिष्ठ स्त्री तथा प्रशुति रोग विशेषज्ञ रेणुकका राठी , बरिष्ठ बालरोग विशेषज्ञ सुरेश प्रसाद साह , छाला रोग विशेषज्ञ डा. सुनिता काकी , वरिष्ठ दन्त रोग विशेषज्ञ डा सुधिर श्रेष्ठ , दन्त रोग विशेषज्ञ मनोज कुमार सरदार , डा. रवि आचार्यले उपचार गर्नुभयो ।

भानु मेमोरियल स्कुलका प्राधानाध्यापक महेन्द्र सिटौलाले यो शिविरले अभिभावक तथा बिद्यालयले एक फरक तथा नौलो अनुभुति भएको बताउनुभयो । यता , होलिल्याण्ड स्कुलका डाइरेक्टर डा. टुङराज भट्टराइले न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलद्वारा संचालित तुलशा हस्पिटलले समाज प्रतिको उत्तर दायित्वलाई निर्वहन गरेको बताउनुभयो ।

यस्तै देबकोटा पब्लिक स्कुलका अध्यक्ष दिपक श्रेष्ठले आमा र बालबालिका कै लागि विशेष लक्षित यो शिविर सम्भवतः बिराटगरको पहिलो निःशुल्क स्वास्थ शिविर रहेको बताउनुभयो । उहाँले यस किसिमको शिविरलाई निरन्तर्ता हस्पिटल प्रसासनलाई सुझाव दिनुभयो ।

यता हस्पिटलका डाइरेक्टर राजेश भट्टराईले बालबालिका र आमा हेतु आयोजना गरिएको स्वास्थ शिविरलाई निरन्तर्ता दिने बताउनुभयो । उहाँले यस किसिमको निःशुल्क स्वास्थ शिविर आयोजनाको मुख्य उद्देश्य नै जनचेतना भएको बताउनुभयो । विशेष गरि मात्रृ तथा बाल रोग सेवा निमित्त जनचेतनाको अभिवृद्धिका लागि यस शिविरलाई निरन्तर्ता दिइने डाइरेक्टर भटट्राईले बताउनुभयो ।

भिडियाे

प्रतिक्रिया

सम्बन्धित