एक युवक जसले आफ्नै जिब्रो काटेर शिवलिंगमा चढाए

अन्धविश्वासले ग्रस्त एक युवकले आफ्नो जिब्रो काटेर शिवलिंगमा चढाएका छन् । भारतको छत्तीसगढ राज्यको कोरबा जिल्लाका लक्ष्मी प्रसाद नामका युवकले यस्तो गरेका हुन् । स्थानीयका अनुसार लक्ष्मी प्रसाद शिवभक्त हुन् । आइतबार उनी घरमा केही नभनी घरबाट निस्किएका थिए । उनी लामो समयसम्म घर नफर्किएपछि परिवारले उनको खोजी गर्न थाले । उनी गाउँभन्दा बाहिर एउटा नालीको छेउमा खुला मैदानमा भगवान शिवको शिवलिंग लिएर बसेका थिए ।

लक्ष्मीको नजिक गएर हेर्दा परिवारले शिवलिंगमा उनको काटिएको जिब्रो चढाइएको थियो । उनीसँग परिवारले कुरा गर्ने प्रयास गर्दा उनले इशारामा जवाफ दिन थाले । यो घटनापछि गाउँमा झनै अन्धविश्वकस फैलिएको छ । गाउँलेहरुले चमत्कार सम्झेर नरीवल र फूल चढाउन थालेका छन् । केही गाउँलेले उनको लागि त्यही ठाउँमा पाल बनाइदिएका छन्

प्रतिक्रिया

सम्बन्धित