भाइरल ‘फेसएप’ काे कमाल : यसरी भेटिए अठार वर्ष अघि अपहरणमा परेका किशोर


एजेन्सी । हाल सामाजिक सञ्जालमा एकदमै चर्चामा रहेको रुसी ‘फेसएप’ बारे डाटा लिक हुने तथा फोटो लिक हुने खतरा बढी रहेको भन्ने खबर बाहिर आएर प्रयोगकर्ता केही सजग हुन पुगेका छन् ।

तर, पनि प्रयोगकर्ता आफ्नो बुढ्यौली फोटो अत्याधिक पोष्ट गरिरहँदा यसै एपको सहयोगले चीनको राजधानी बेइजिङमा बस्ने परिवारले १८ वर्ष पहिले अपहरणमा परेका किशोरलाई भेटेका छन् । प्रहरीले हराएका वीफेङ्गको पुरानो फोटोलाई फेसएपको सहायताले वर्तमान समयमा बदलेको थियो । त्यसपछि उक्त बच्चा अहिले कस्तो देखिन्छ भनेर अनुमान गरेको थियो ।

त्यसलगत्तै उसलाई खोज्न सुरु गर्यो । प्रहरीका अनुसार वीफेङ्ग २००१ मे ६ मा कन्स्ट्रक्सन साइट बाट हराएका थिए । उक्त समय उनका बुबा त्यहाँ फोरम्यानको रुपमा काम गर्दथे । फेसएपको सहायताले १०० व्यक्ति छानियो ।

तस्बिरहरुलाई छान्दै वीफेङ्ग लाई खोज्नमा सफलता मिलेको हो । प्रहरी अधिकारीका अनुसार जब वीफेङ्गलाई हामीले भेट्यौं उसले हामीलाई आफू अपहरणमा परेको भन्नमा इन्कार ग¥यो । तर हामीले डीएनए टेस्ट बाट पत्ता लगाउन सफल भयौं । यू वीफेङ्ग अहिले २१ वर्षका भए । उनी अहिले कलेजमा पढ्दै छन् । उनलाई तीन वर्षको उमेरमा अपहरणमा परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित