स्वास्थ्य केन्द्रमा ‘गलबन्दी’ पार्टी चलाउने प्रमुखले दिए धम्कीपुर्ण चेतावनी

तेह्रथुम / प्राथमिक स्वास्थ्य केन्द्र भित्र पार्टी संचालन गर्ने केन्द्रका प्रमुख डा.सन्तोषप्रसाद शाहले पत्रकार अमृत बास्तोलालाई धम्कीपुर्ण चेतावनी दिएका छन् । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र भित्र बुधबार राती पार्टी र दोहोरी साँझ नै चलेको समाचारको विषयमा बास्तोलालाई शुक्रबार दिउँसो ११ बजेर ३ मिनेटमा फोन गर्दै स्वास्थ्य केन्द्रका प्रमुख डा. शाहले मेरो मानहानी भयो, १० मिनेट भित्र आठराई गाउँपालिकाको कार्यालयमा उपस्थित हुन भन्दै चेतावनी दिएका हुन् ।

हस्पिटलमा पार्टी संचालन भएको विषयमा बिरामीले केही भनेका छैनाै, पत्रकारले चासो राख्ने विषय नभएको स्वास्थ्य केन्द्र प्रमुख डा. शाहले बताएका छन् । समाचारले आफ्नो बदनाम भएकोले अब आफुपनि चुप लागेर नबस्ने उनकाे भनाइ रहेकाे छ । बास्तोलाले १० मिनेट भित्र उपस्थित हुन नसक्ने बताउदै समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो रोज्न आग्रह गरेका छन् ।

बुधबार राति चर्चित गित गलबन्दीको भाका सँगै माहोलले स्वास्थ्य केन्द्रलाई तताएको थियो । आठराईका स्वास्थ प्रमुख एवम् प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डा. शाहले केन्द्र भित्रै पाटि संचालन भएको बताएका छन् । बास्ताेला हाम्रोसवाल अनलाइनका संचालक/सम्पादक समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित