यी कस्ती निर्दयी आमाले जसले प्लाष्टिकमा पोको पारेर फालिन् आफ्नै बच्चा

                                              फाइल तस्विर

एजेन्सी / भारतको क्याथलमा एक महिलाले केही घण्टाअघि जन्मिएको एक नवजात शिशुलाई प्लाष्टिकमा पोको पारेर फालेकी छिन् ।

शिशुको भाग्य बलियो भएकाले एक कुकुरले उक्त फालिएकाे नालीबाट शिशुलाई बाहिर ल्याएर बचाएको छ । बाहिर ल्याउँदा उक्त कुकुर भुक्न सुरु गरेपछि आवाज सुनेर स्थानिय एकजुट भई प्रहरीको सहायतामा अस्पताल पु¥याइएको थियाे ।

अहिले उक्त शिशु डाक्टरको निगरानीमा रहेकी छिन् । उक्त घटना शहरमा डोगरा गेटनजिकै बिहान सीसीटिभीमा कैद भएको थियो । उक्त क्यामराको दृश्य अनुसार महिलाले बिहान ४ः१८ मा शिशुलाई नालीमा फालेर ४ बजेर २७ मिनेटमा वरिपरी घुमीरहेको कुकुरले खिचेर नालीबाट बाहिर निकालेको थियो ।

प्रहरीका अनुसार बिहान शिशुको हालत गम्भीर रहेको थियो । बेलुका सुधार आएपछि चण्डीगढ रिफर गरीएको छ । शिशु खतराबाट मुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित