विजेताको रोजाई भीएस कलेज

केहि दिन अघि सम्पन्न एसईइ डान्स च्याम्पीयसिप सिजन २ विजेता र फस्ट रनरअपले आफ्नो प्लस २ अध्ययनका लागी चावहिल स्थित विनयायक सिद्ध कलेज भीएस छनोट गरेका छन् । उनिहरुलाई सत प्रतिशत छात्रवृती सहित प्लस २ का लागी भीएस कलेजले स्वागत गरेको छ । सोमबार विहान कलेजमा विशेष स्वागत एवं सम्मान कार्यक्रमको आयोजना गरि एसईइ डान्स च्याम्पीयनसीपका विजेता प्रदिप गोले र फस्ट रनरअप सरस्वती धिमाल सहित फाइनललिष्ट मिङ्मा शेर्पालाई कलेजमा स्वागत गरिएको थियो ।

काठमाडौँ अडिसनको दिन देखिनै उनीहरु तीन जनालाई नै प्रतियोगीतामा जुन पोजिसन आए पनि सतप्रतिशत छात्रवृती दिने घोषणा गरिएको क्याम्प प्रमुख रामकृष्ण सिंखडाले जानकारी दिनुभयो । विजेताहरुको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सिंखडाले उनिहरुको प्रतिभाले आफुलाई पहिलो अहिसनको दिन देखि नै मोहित बनाएको र अन्तमा आफुले स्कलरसिप दिएका व्यक्तिहरुनै विजेता भएकोमा अतिरिक्त खुसि मिलेको बताउँनु भयो ।

उहाँले भीएस कलेजे हरेक क्षेत्रमा प्रतिभा भएका विधार्थीहरुलाई आर्थिक कारणले उनिहरुको प्रतिभा नमरोस् भनेर निुशुल्क अध्यापन गराउँन चाहेको पनि बताउँनु भयो । कार्यक्रममा प्रतियोगीताका विजेता प्रदिप गोले र फस्ट रनरअप सरस्वती धिमाले भीएस कलेज प्रति आभार प्रकट गर्दै आफुहरुलाई कलेजले गरेको विश्वासको डोेरीलाई चढिँन नदिने प्रतिवद्धता व्यक्त गरे । उनिहरुले अगामी दिनमा भीएस कलेज मात्र होइन सिँगो देशको शिर उचो राख्ने गरि अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् । प्रतियोगीता विजेता गोलेलाई भीएस कलेजलेनै उनको चाहना बमोजिम डान्सको एडभान्स कोर्सका लगी मुम्बई पनि पठाउँने भएको छ ।

मुम्बइमा लाग्ने खर्चको ५० प्रतिशत कलेजले बेहोर्ने र बाँकी पनि सहयोग जुटाउँन कलेजलेनै पहल गर्ने भएको छ । सो कार्यक्रमा एसईइ डान्स च्याम्पीएनसिपका परिकल्पनाकार , निर्देशक महेश गोदार विजेता प्रदिप गोलेका वुवा चन्द्र बहादुर गोले लगायतको पनि उपस्थिती रहको थियो । यसै सन्दर्भमा ओटभी नेपाल डट कमले एउटा सामुहिक अन्तवार्ता तयार पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित