छ वर्षको बच्चाले गर्यो दुई घण्टामा ३ हजार पुसअप, बन्यो विश्व रेकर्ड

 

छ वर्षे बालकले केवल २ घण्टामै ३ हजार २७० पटक पुसअप गरेर विश्व रेकर्ड बनाएका छन् । रुसमा इब्राहिम लियानोभ नाम उनको यो किर्तिमानलाई रसियन बुक अफ रेकर्डस्मा सामेल गरिएको छ । उनले पुसअप गरेको भिडियो यतिबेला सोसल मिडियामा भाइरल बनिरहेको छ ।

मिडिया रिपोर्ट अनुसार रुसको एक स्थानीय स्पोर्टस् क्लबले इब्राहिमको उक्त किर्तिमानबाट खुसी भएर ती बालकलाई पुरस्कारको रुपमा घर दिने घोषणा गरेको छ । इब्राहिम र उनका बुवा दुबैजना सो क्लबका सदस्य पनि हुन् ।

इब्राहिमको लक्ष्य गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम दर्ज गराउनु हो । यसका लागि उनले हरेक दिन पुसअप गरिरहेका हुन्छन् । यसअघि गत वर्ष रुसमा एक जना पाँच वर्षका बालकले निरन्तर ४ हजार १०५ पटक पुसअप गरेर रेकर्ड कायम गरेका थिए ।

उनलाई रुसी राष्ट्रपति भ्लादमिर पुटिनका आफन्त रमजान काडेरोभले पुरस्कारको रुपमा एक मर्सिडिज कार दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित