डडेल्धुुरा अस्पतालको सेवा पुनः सञ्चालन

अमरगढी / केही दिनदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प रहेको डडेल्धुरा अस्पताल आजदेखि पुनः सञ्चालनमा आएको छ  । काममा खटिएका चिकित्सकमाथि आक्रमण भएको विषयलाई लिएर अस्पतालका चिकित्सकले यही असार २५ गते बुधबारदेखि डडेल्धुरा अस्पतालको आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए ।

बहिरङ्गलगायत सबै सेवा बन्द गरी सुरक्षाको माग गर्दै ११ जना चिकित्सकले मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई भेट गर्नुभएको थियो । मुख्यमन्त्री भट्ट र सामाजिक विकासमन्त्री सुवेदीबाट चिकित्सकको सुरक्षा र दोषीलाई कारवाही गरिने आश्वासन पाएपछि आन्दोलनमा रहेका चिकित्सक आजदेखि नियमित काममा फर्किएको डा जीवन खरेलले बताउनुभयो ।

दोषीलाई कारवाही हुने र चिकित्सकमाथि आक्रमण गर्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि चिकित्सक पुनः नियमित सेवामा फर्किएका अस्पतालका निमित्त प्रमुख डा जीतेन्द्र कँडेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित