टाइ र कोट नलगाएको भन्दै भोजपुरमा प्रधानाध्यापकले कुटे शिक्षक

भोजपुर / भोजपुरमा प्रधानाध्यापकले शिक्षक कुटेका छन् । सामान्य बिषयमा भोजपुर सदरमुकाममा रहेको सगरमाथा इंलिस बोर्डिङ्ग स्कूलका एक शिक्षकलाई आफनै बिद्यालयका प्रधानाध्यापकले कुटेका हुन् । प्रधानाध्यापक रमेश आलेले शिक्षक अतित अधिकारीलाई टाइ र कोट नलगाएको निहुँमा कुटेका हुन् । अधिकारीले प्रधानाध्यापक आलेले खलासीजस्तो भएर स्कुल आउँने भन्दै गाली गरेपछि कुटेको बताए ।

प्रधानाध्यापक आलले त्यस्तो भनेपछि उनले आफुले गाली खान नआएको र खलासी नभन्नुस भनेपछि आलले उनलाई कार्यालय बाहिर ल्याएर कुटेको बताए । उनले प्रधानाध्यापकले आफुलाई गाला र ढाटमा कुटेको बताए ।

साथै उनले यसअघि पनि प्रधानाध्यापकले आफुलाई विभिन्न बहानामा धम्की दिँदै आएको बताए । प्रधानाध्यापकबाट कुटिएपछि शिक्षक अधिकारीले आफुलाई न्याय चाहियो भन्दै शिक्षक महासंघ, नेपाल पत्रकार महासंघ र जीफन्टमा निवेदन दिएका छन् । ताप्लेजुङ घर भएका अधिकारीले उक्त बिद्यालयमा ५ महिनादेखि अनिवार्य गणित र ऐच्छिक गणित विषय कक्षा ७ देखि १० सम्म पढाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित