पतिका लागि कन्डम लिन आफै जान्छन् पत्नीहरू

गाउँ घर मात्र होइन, शहर पनि अस्थायी साधनका बारेमा अझै खुलेर बहस गर्न तयार देखिन्न । यस्ताे अवस्थामा महिलाहरूमा अस्थायी साधनकाे रूचि बढेकाे हाे ।बागलुङ जिल्लामा महिलाहरूमा अस्थायी साधनकाे प्रयाेग बढ्दै गएकाे छ ।  पुरुषमासमेत एक किसिमको लाज र संकुचन देखिन्छ । महिलाहरु, त्यसमा पनि दुरदारजका पढ्न, लेख्न र अवसरले पछाडि परेकाहरु यस्ता विषयमा कति खुल्लान्  ? सामान्यतयाः कठिन उत्तर आए पनि जिल्लाको दुर्गम खुंखानीका महिलाका हकमा यो जवाफ गलत सावित हुन्छ ।

बागलुङका पुरुष भने बन्ध्याकरण गर्न पनि मान्दैनन् । अस्थायी साधन प्रयोग गर्न र स्वास्थ्य चौकीमा गएर लिन पनि अप्ठ्यारो मान्छन् । पुरुष स्वास्थ्यचौकीसम्म पुग्न अप्ठ्यारो मान्ने भएपछि महिला नै अस्थायी साधनका लागि स्वास्थ्यचौकी पुग्छन् । तमानखोला गाउँपालिका–५ को खुंखानी स्वास्थ्यचौकीमा भेटिएकी नरदेवी सिर्पालीले अस्थायी साधनको व्यवस्था आँफैले गर्ने गरेको खुलेरै अनुभव सुनाइन् ।

‘तेस्रो सन्तान जन्मेपछि श्रीमानलाई स्थायी बन्ध्याकरणका लागि भनेको थिएँ, तर उनले मानेनन्’, सिर्पालीले भनिन्, ‘अस्थायी साधन प्रयोग गरौं, लिन जानुस् भन्दा उनले मानेन् । त्यसैले कन्डम लिन पनि म आफै स्वास्थ्यचौकीमा आउने गरेको छु ।’ श्रीमानले कमजोर हुने भन्दै बन्ध्याकरण पनि गर्न नमान्ने गरेको उनको भनाइ छ । अस्थायी साधन प्रयोग गर्न नमान्दा धेरै सन्तान हुने भयले आफै कन्डम लिन स्वास्थ्य संस्थामा आउने गरेको स्थानीय आशकुमारी सिर्पाली बताउँछिन् ।

‘सन्तानको रहर पुग्यो बन्ध्याकरण गर्नुस् ? कमजोर हुने र काम गर्न गाह्रो हुने भन्दै पन्छिन्छन्,’ उनले भनिन्, ‘यतिकै बस्दा बच्चा बस्छ की भन्ने डरले हामी आफैले अस्थायी साधनको जोहो गर्छौं ।’ प्रजनन् शिक्षाबारे सामान्य जानकारीसमेत नपाएका खुँखानीका महिला दुई सन्तान मात्रै जन्माउनुपर्छ भन्नेमा सचेत देखिन्छन् । गरिबी, अशिक्षा, चेतना लगायतका कारण उनीहरु बाध्यताको उल्झनमा परेको देखिएको छ ।

जसका कारण एकै दम्पतिका थुप्रै सन्तान छन् । अस्थायी साधनको प्रयोग गर्दा कतिपय महिलामा महिनावारी नियमित नहुने, महिनावारी हुँदा धेरै रगत बग्ने, टाउको दुख्ने जस्ता समस्या देखिने गरेको उनीहरु गुनासो गर्छन् ।

प्रतिक्रिया

सम्बन्धित