हर्टअट्याक भएर अम्बिका श्रेष्ठको मृत्यू

इटहरी । पछिल्लो समय हृदयघात अर्थात् हर्टअट्याकले धेरै मानिसहरुको ज्यान लिन थालेको छ । काठमाण्डौ बसुन्धाराकी ५० बर्षि अम्विका श्रेष्ठको र्हदयघातकै कारण मृत्यु भएको छ । घरयासी कामकै सिलसिलामा अम्विकाको मृत्यु भएको मृतक अम्बिकाको आफन्त अशोक श्रेष्ठले बताएका छन । हृदयघातको कारण गत २७ गते शुत्रबार मृत्यु भएको हो । अम्विकाको दुई छोरी छन । छोरी विदेशमा भएको कारण आज दाहसंस्कार गरिएको आफन्त अशोकले बताए ।

यसकारण हुन्छ

शहरीया जिबनशैली हृदयघातको एक महत्वपूर्ण कारण हो । खानपानमा ध्यान नदिँदा र आवश्यक शारिरिक व्यायमको अभावमा हृदयघातको खतरा बढी हुने डाक्टरहरुको भनाई छ । अर्को कारण भनेको मदिरा तथा सूर्तीजन्य पदार्थको प्रयोग हृदयघातको ठूलो कारण हो । त्यसैगरी, मोटोपना पनि हृदयघातको अर्को कारण हो । मोटोपना भएपछि शरिरमा कोलस्ट्रोलको खतरा बढी हुन्छ । कोलस्ट्रोल भएको व्यक्तिलाई हृदयघात हुने संभाव बढी हुन्छ ।

मानसिक तनाव, चिन्ता, भय र उदाशिनता, उच्चरक्त, कोलेस्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनले हृदयघात हुनमा मद्दत गर्छन् ।

लक्षण के ?

हृदयघात हुँदा छातीको बीच भागमा छुरीले रोपेजस्तो, डोरीले कसेजस्तो वा ढुंगाले थिचेजस्तो पीडा हुन्छ ।
अलिकति हिँड्दा पनि दम बढ्छ भने बुझ्नुहोस तपाईलाई हृदयघातको खतरा छ ।

मुटु धेरै ढिलो वा धेरै छिटो चल्यो भने मुटुले राम्रोसँग पम्प गर्न सक्दैन । र, हृदयघातको खतरा हुन्छ ।

बच्नलाई के गर्ने ?

घिउ, तेल, नौनी, छाली, वटर र वोसो चिल्लो पदार्थ पाइने खाद्य पदार्थ खानु हुँदैन । मुटुरोगीले माछामासु नखाँदा राम्रो । माछामासु खाएमो कोलस्ट्रोल बढ्छ । र, त्यसले हृदयघातको खतरा बढाउँछ । बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुदैन ।

टन्न खाने बानी छ भने त्यो हटाउनुपर्छ ।साँझ सकेसम्म खाना नखाने । दाल, तरकारिको सुप, उसिनेको सागसब्जी खाने । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बो्निकपेय, अल्कोहलिकपेय र बढी नुन र नुनिलो जिनिस नखाने । नियमित व्यायाम अर्थात् दैनिक आधादेखि १ घन्टा मर्निङ वाक गर्ने ।

मुटु रोगीका लागी बिश्राम अत्यावश्यक छ । रातीको खाना पचिसकेपछि मात्रै सुत्ने बानी बसाल्नुपर्छ । दिउसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति अबेर सुत्नु मुटुरोगीका लागि हितमा हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित