कान पाक्ने रोग के हो ? कानबाट किन पिप आउछ ? यसबाट बाँच्ने उपाय यस्तो छ !

काठमाडौं / कानमा लाग्ने रोग हेर्दा साधारण लागे पनि समयमै उपचार भएन भने यसले अन्य अंगमा पनि असर गर्न सक्छ । कानमा देखिने समस्या मध्ये सबैभन्दा धेरै कान पाक्ने समस्या हो । जुन सुकै लिङ्ग, उमेर समुहका मानिसमा यो समस्या देखिन सक्छ । हाम्रो देशको सन्दर्भमा कान पाक्ने समस्या अझ धेरै छ ।

कानको बनावट हेरेर ३ भाग (बाहिरी ,मध्य र भित्री) मा विभाजन गरिएको हुन्छ । जसमा मध्य भागमा विभिन्न कारण संक्रमण हुदा पीप जम्छ , जमेको पीपले कानको जाली प्वाल पारेर बाहिर निस्कन्छ । यस लाई नै कान पाकेको भनिन्छ । घाँटी र कान जोड्ने नसा एउटै हुन्छ । यस्तो नसा वा नली बच्चाहरुमा सिधा रहेको हुन्छ भने ,उमेर बढेसंगै प्रौढहरुमा यस्तो नसा टेडो हुन्छ ।

त्यसका कारण बच्चाहरुमा घाटीमा संक्रमण हुने बित्तिकै सिधै कानमा असर गर्छ र छिट्टै पाक्छ । प्रौढहरुमा भने रोग प्रतिरोधात्मक क्षमता पनि बढी र नशा टेडो भएकाले संक्रमण कम हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित