हात नभएकी बालिकाले जितिन् हस्तलेखन प्रतियोगिता

अमेरिकाकी १० वर्षीया सारा हिनेस्ले नामक एक बालिकाको दुवै हत्केला छैनन् । तर उनी अमेरिकाको राष्ट्रिय हस्तलेखन प्रतियोगितामा विजयी भइन् । उनी कृत्रिम हत्केला पनि प्रयोग गर्दिनन् तर सुन्दर अक्षर लेख्छिन् ।

उनी चेस खेल्न, साइकल चलाउन, पौडी खेल्न र मूर्ति बनाउन शौखिन छिन् । उनले बेसबल खेलको उद्घाटन गर्ने मौका समेत पाएकी छिन् । चीनमा जन्मेकी उनलाई छ वर्षको उमेरमा अमेरिकी दम्पतीले धर्मपुत्रीको रूपमा अपनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित