एसईई पूरक परीक्षाको मिति सर्‍यो

काठमाडौं / एसइईको पूरक तथा ग्रेड वृद्धिको परीक्षा मिति सरेको छ। यसअघि साउन २२ र २३ का लागि तोकिएको परीक्षा अब भदौ १ गतेदेखि ११ गतेसम्म हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

भदौ १ गते अनिवार्य अंग्रेजी र वेद विद्याश्रमका तर्फबाट संस्कृत भाषा र साहित्यको हुनेछ । २ गते सोमबार अनिवार्य नेपालीको हुनेछ र सोही दिन गैर नेपाली विद्यार्थीका लागि अंग्रेजीको हुनेछ ।

भदौ ३ गते अनिवार्य गणित, भदौ ४ गते अनिवार्य विज्ञान, र त्यही दिन वेद विद्याश्रमबाट अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको हुँदैछ।यस्तै, भदौ ५ गते अनिवार्य सामाजिक, भदौ ६ गते अनिवार्य स्वास्थ, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा सञ्चालन हुँदैछ ।

सोही दिन वेदविद्याश्रमका तर्फबाट अनिवार्य कर्मकाण्ड वा अनिवार्य फलित ज्योतिष र प्रविधिकतर्फका परीक्षा हुनेछन्। यसैगरी, भदौ ७ गते ऐच्छिक प्रथमका सबै विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा रहेको छ। भदौ ९, १०, ११ गते तीनै दिन प्राविधिक विषयका परीक्षा रहेका छन्।

पुरक तथा ग्रेड वृद्धिको परीक्षाको आवेदन फारम भर्न राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटबाट डाउनलोड गरी साउन १० गतेभित्र शिक्षा विकास तथा समन्वय इकाईमा बुझाउनु पर्नेछ। फारमसँगै ग्रेड सी को प्रतिलिपी तथा प्रवेश पत्र बुझाउनुपर्ने छ।

प्रतिक्रिया

सम्बन्धित