यस्ता छन् गर्भवती महिलाले ध्यान दिनुपर्ने कुरा

महिला गर्भवती हुँदा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ गर्भ रहेदेखि सुत्केरी नभएसम्म स्वास्थ्य परिक्षण, गर्भवती महिलाको खानपान, हेरचाहरलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । जुन कुराले गर्दा पछि आमा र बच्चाको स्वास्थ्यमा समस्या नआउन सक्छ ।

गर्भवती महिलाले ध्यान दिनुपर्ने कुरा

बिहान उठ्नेबित्तिकै आफ्नो सरसफाइ गर्ने । अन्य समय भन्दा गर्भवती हुँदाको समयमा सरसफाइमा धेरै ध्यान दिनुपर्छ । अन्य समयको भन्दा धेरै पोषिलो, झोलयुक्त खानेकुरा खानुपर्ने हुन्छ । सकारात्मक कुरा सोच्ने, धुम्रपान, मद्यपान सेवन गर्नुहुन्न ।

यो बेलामा चिकित्सकको सल्लाह बिना कुनै पनि औषधि खानुहुँदैन । साथै शारीरिक तथा मानसिक रुपमा गाह्रो हुने खालको काम नगर्ने । गाह्रो काम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य समस्या निम्तन सक्छ । त्यसैले यस्ता कुरामा गर्भवती महिला र परिवारले पनि ख्याल गर्नुपर्ने हुन्छ ।

गर्भवती महिलाले नियमित सेवन गर्ने आइरन चक्की र क्याल्सियम पनि खानुपर्ने हुन्छ । साथै गर्भवती महिलाले अन्य समयमा भन्दा अलि बढी निदाउनुपर्ने हुन्छ । सकेसम्म रातमा आठ घन्टा र दिनमा दुई घन्टा निदाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित