पानि नपरेपछि रंगेलीमा कृषकहरूले गरे भ्यागुताकाे बिहे


मोरङ / आधा असार वितिसक्दा समेत वर्षा नभएपछि मोरङको रंगेलीमा कृषकहरुले भ्यागुताको विवाह गरिदिएका छन् । रंगेली नगरपालिका ७ को श्री संन्सारी मंन्दिरमा स्थानीय कृषकहरुले पोथी भ्यागुतो र भाले भ्यागुतो बिवाहा गरिदिएका छन् ।

परापुर्व कालमा समयमै पानी नपर्दा भ्यागुतो को विवहा गर्ने गरेकाे त्याहाका बुडापाकाहरुले बताए । साेही प्रचलन अनुसार भ्यागुताको विवाह गर्दा वर्षा हुने जन विश्वास रहिआएकाले किसानहरुले सामुहिक रुपमा भेलाभई विवाह सम्पन्न गरेका हुन ।

वैवाहिक कार्यक्रम मा वेहुला र वेहुलीपंक्ष सहित वैवाहिक कार्यक्रम अनुसार किसानहरुले विवाह सम्पन्न गरेका थिए । मन्दिरका पुजारीले वैद्धिक मन्त्र पढेपछि भाले भ्यागुताको तर्फवाट पोथी भ्यागुतालाई चुरा पोते तथा श्रगारका सामान लगाएर वेहुलिझै सिगारिएको थियो ।

रंगेली नगरपालिकाका वर्डा न ७ का वर्डा अध्यक्ष रामचन्द्र मण्डल र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष संजिव श्रेष्ठलेले वेहुला र वेहुलीपंक्षको भुमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा रंगेली , सुनवर्सी नगरपालिका तथा धनपालथान गाउपालिकाका किसानका सहभागिता थियो । समयमा वर्षा नभएका कारण मोरङमा अहिले सम्म १५ देखी २० प्रतिशतमात्र धान रोपाई भएको छ । अघिल्लोवर्ष मोरङमा यो अवधिमा ४० प्रतिशतभन्दा वढि रोपाई भएको थियो । निरन्तर वर्षा हुने असार महिनामा वर्षा नभएपछि वर्षाहुने आशमा भ्यागुताको विवाह गरेको कृषकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित