जान्नुहोस् कस्तो नाक हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ ?


एजेन्सी / कुनै पनि मानिससँगको पहिलो भेटमानै हामी त्यस मानिसको बारेमा र उक्त मानिसका व्यक्तित्वको बारेमा जान्ने कोशिश गर्ने गर्दछौ ।
र मनभित्रै त्यस व्यक्तिको बारेमा एउटा चित्र कोरिसकेको हुन्छौ । तर हामीले सोचेको जस्तो त्यो व्यक्ति नहुन पनि सक्छ ।

आज हामीसँग मानिसलाई चिन्ने एउटा सानो उपाय छ । यसको मद्धतबाट हामी मानिसलाई पहिलो भेटमानै कस्तो छ भनेर बुझ्न सक्छौ ।
शरिरका अन्य अंगजस्तै नाकलेपनि मानिसको व्यक्तित्वको बारेमा कयौँ राज खोलिरहेको हुन्छ । त्यसैले जान्नुहोस् कस्तो नाक हुने व्यक्तिको स्वभाव कस्तो हुन्छ ?

माथितिर फर्केको नाक
जो व्यक्तिको नाक माथितिर सिधा हुँदै आएको र तल टुप्पो माथितिर फर्केको हुन्छ त्यस्ता व्यक्तिहरु धेरै नै सकारात्मक प्रवृतिका हुन्छन् । साथ–साथै यस्ता व्यक्तिहरु बढी संवेदनशील र भावुक हुने गर्छन् । यस्ता व्यक्तिहरु सधैँ अरुको मद्धत गर्न मन पराउँछन् । साथै सम्बन्धहरुपनि निकै राम्रोसँग निभाउने क्षमता राख्छन् ।

सीधा नाक
जुन मानिसका नाक शुरुदेखि अन्तिमसम्म विल्कुल सीधा हुन्छ त्यस्ता त्यस्ता व्यक्तिहरु धेरै नै विद्वान र बुद्धिमान् हुन्छन् । यिनीहरु अरु मानिसको लागि प्रेरणा पनि बन्ने गर्छन् । यी व्यक्तिहरु आफ्नो भावना व्यक्त गर्नलाई भने कच्चा हुने गर्छन् ।

बीचमा उठेको नाक
यी मानिसहरु हतारमा निर्णय लिने गर्छन् । धैर्य र संयम जस्ता चीजसँग यी व्यक्तिहरुको कुनै नाता नै हुँदैन । यद्यपि जब बात नेतृत्व क्षमताको आउँछ यिनिहरु निकै माहिर हुन्छन् । यी व्यक्तिहरुका व्यबस्थापन पक्ष निकै सबल हुन्छ । यिनीहरु कम रिसाउने गर्छन् ।

टिप जस्तो उठेको नाक
यस्तो नाक पूरा माथिदेखि टुप्पोसम्म समथल हुन्छ । र यसको प्वालपनि निकै ठूलो हुन्छ । जुन मानिसको नाकको प्रकार यस्तो हुन्छ ती मानिसहरु स्वस्थ हुन्छन् । उनीहरुको अगाडि नसोचि बोल्दा भारी पर्न सक्ने हुन्छ । यद्यपि यिनीहरु अरुलाई मद्धत गर्न हिच्किचाउँदैनन् ।

छोटो नाक
यस्तो नाक हुनेहरुलाई बुझ्न एकदमै गाह्रो हुन्छ । यी मानिसहरु एकदमै जिद्दी स्वभावका हुन्छन् । यस्ता व्यक्तिहरसँग मुकाविला गर्नु भनेको आफ्नो गोडामा बञ्चरो हान्नु जस्तै हो । यद्यपि यी व्यक्तिहरु कुनै पनि कुरामा सजिल्यै प्रतिकृया भने दिदैनन् ।

लामो नाक
यस्ता व्यक्तिहरु स्वतन्त्रता मन पराउने स्वभावका हुन्छन् । कसैसँग पनि दबेर रहन सक्दैनन् । यिनीहरुलाई काम लगाउनु पनि सजिलो हुँदैन । यिनीहरुलाई प्राथमिकता नदिएसम्म यिनीहरु कुनै पनि काम सजिलो तरिकाले गर्दैनन् ।

चौडा र लामो नाक
यी मानिसहरुको खास कुरा यस्तो छ कि यिनीहरुको छैठौ इन्द्रिय गजबको हुन्छ । यिनीहरु राम्रो बिजनेसम्यान बन्न सक्छन् । जस्तोसुकै कठिन परिस्थितीको पनि सजिल्यै समाधान निकाल्न सक्छन् ।

चौडा र छोटो नाक
यस्ता मानिसहरुको सबल पक्ष भनेको कुनै पनि काम दिलोज्यान दिएर गर्नु हो । यिनीहरु राम्रो नेता त बन्न सक्दैनन् तथापि कोहि अरुको लिडरसिपमा राम्रो नतिजा भने दिन सक्षम हुन्छन् ।

लहरदार नाक
यस्तो प्रकारको नाक हुने मानिस एकदमै कम हुन्छन् । यस्ता मानिस मोज मस्तीमा धेरै रुचि राख्ने खालका हुन्छन् । यी मानिसहरु धेरै उत्साही हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित