जनता बहुमुखी क्याम्पसका विद्यार्थीले गरे प्रदेशसभा र संसद बैठकको अवलोकन

इटहरी / इटहरी उपमहानगरपालिका–५ स्थित जनता बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता बिषय स्नातक पहिलो वर्षका विद्यार्थीहरूले प्रदेशसभा र संसद बैठकको अवलोकन गरेका छन् । जनता बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता बिषयमा अध्ययनरत २२ जना विद्यार्थीहरूले बुधबार प्रदेश न १ को प्रदेशसभा बैठकको प्रत्यक्ष अवलोकन गरेका हुन् ।

विद्यार्थीहरू क्षमता विकासका लागि संसद भवनको अवलोकन गराइएको क्याम्पसका प्रध्यापक गणेशकुमार पौडेलले बताए । टिभिमा हेरेको कुरालाई प्रत्यक्ष हेर्न पाउदा विद्यार्थीहरू उत्साहित देखिन्थे । संसद जस्तो गरिमामय ठाँउमा आएर प्रत्यक्ष हेर्दा सोचे भन्दा फरक भएको विद्यार्थी पासर सुबेदीले बताए । उनले थपे संसदीय व्यवस्था र मर्यादा राम्रो लाग्यो, धेरै खुसि छु, केहि नयाँ कुरा सिक्न पाए ।

प्रतिक्रिया

सम्बन्धित