यो जोडी जसले पिउछन् एक अर्काको रगत

दुनियाँमा धेरै यस्ता जोडी छन् जो एक अर्काको लागि गरेको माया र त्यागका कारण चर्चित छन् । तर इटालीमा एउटा यस्तो जोडि छ जो प्रेम र त्यागबाट नभई उनिहरुले गरेको ब्यवहारबाट चर्चित छन् । जुन कुरा सुन्दा तपाईलाई अचम्म लाग्ला ।

डेनिस नामक युवक र इलारिया नामक युवतीले एक अर्काको रगत पिउने गर्छन् । द मिररका अनुसार करीब पाँच वर्ष पहिले डेनिस नामक ती युवकलाई सर्कसका लागि एक जना सहायक चाहिएको थियो । त्यहीँ क्रममा उनको इलारिया नामकी युवतीसँग चिनाजानी भयो । र पछि उनिहरु प्रेम सम्बन्धमा रहेर संगै बस्दै आएका छन् ।

जर्मनीमा एकपटक भूतको कथामा आधारित एक शो हेरेसँगै उनीहरुले एक अर्काको रगत पिउन सुरु गरेका हुन् । उक्त शोमा प्रेमि प्रेमिकाले एक अर्काको रगत पिउँदथे । त्यसयता उनीहरुले निरन्तर एक अर्काको रगत पिउँदै आएका छन् । उनीहरुले एकअर्काको रगत खादाँ माया अझै बढ्ने तथा दुवैको व्यवहारमा पनि समानता ल्याउँने विश्वास लिदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित