राष्ट्रिय माध्यमिक विध्यालयले दियो एसइइ उत्तीर्ण विद्यार्थीलाई परामर्श

इटहरी / इटहरी स्थित श्री राष्ट्रिय माध्यमिक विध्यालयले एसइइमा उत्तीर्ण हुने विद्यार्थीहरुलाई सुभकामना तथा परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।
एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई अहिलेको समयमा कुन बिषय अध्ययन गर्दा राम्रो हुन्छ भन्नेमा अन्यौल रहेकाले परामर्श कार्यक्रम सञ्चालन गरीएको विध्यालयका प्रध्यानाध्यापक सरन कुमार बस्नेतले बताए । २०७५ सालको एसइइ परिक्षामा सामेल भएका विध्यार्थिहरु मध्य ए ग्रेड ३ जना, बि प्लस १२ जना, बि २१ जना र सि ग्रेड ल्याई १३ जना विध्यार्थि उत्तीर्ण भएका उनले जानकारी दिए ।

सामुदायिक विध्यालयको नतिजा खस्किरहेको भन्ने गुनासो आइरहेका बेला यस विध्यालयले भने गत बर्षको भन्दा राम्रो नतिजा ल्याउन सफल भएको सहायक प्रध्यानध्यापक लक्ष्मि प्रसाद सुबेदीले बताए । साथै बिभिन्न बिषय अध्ययान गर्न चाहाने विद्यार्थीको उपयुक्त शैक्षिक गन्तव्य बनाउने उदेश्यले यसै शैक्षिकशत्र बाट कक्षा ११ मा बिज्ञान बिषय सञ्चालन गरिने सहायक प्रअ सुबेदीले जानकारी दिए । साथै कक्षा ११ को बिज्ञान, व्यवस्थापन र शिक्षा संकायको प्रबेश परीक्षा असार २१ गते हुने समेत उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित