इटहरीको कञ्चनजंगा स्कुल बन्यो एसइइमा उत्कृष्ट

इटहरी / इटहरीमा सञ्चालित कञ्चनजंगा स्कुलले एसइइ परिक्षा सर्वोकृष्ट नतिजा ल्याएको छ । कञ्चनजंगा स्कुलका ९ जना बिद्यार्थीले ए प्लस, २३ जनाले ए अनि ५ जना बिद्यार्थी बि प्लस ग्रेड ल्याएर इटहरीमा सञ्चालित निजी स्कुलहरु मध्यमा सर्वोकृष्ट भएको प्रिन्सिपल हरि आचार्यले जानकारी दिए ।

विद्यालयको कक्षागत पढाई संगै आधुनिकीय पद्धती अवलम्बन भएमा विद्यार्थिको जिवन स्तर उच्च बनाउन सकिने उनले बताए । कंञ्चन्जङ्गा स्कुल इटहरी शहरमा फरक र आकर्षक शिक्षा पद्धति प्रर्दशन गर्दै अघि बढेको स्कुलका अभिभावकहरु बताउछन । इटहरी क्षेत्रमा रहेका निजि स्कुलहरुको तुलनामा यो साल एसइइ परिक्षाको नतिजा हेर्दा यस स्कुलको नतिजा १ नम्बरमा देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित