सुकुना क्याम्पसको प्रमुखमा राई


माेरङ / मोरङको सुन्दरहरैँचा नगरपालीकामा रहेको सुकुना बहुमुखी क्याम्पसको प्रमुखमा चन्द्रमणि राई नियुक्त भएका छन् । क्याम्पसका निवर्तमान प्रमुख लक्ष्मीकुमार श्रेष्ठले राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले राईलाई प्रमुख पदमा नियुक्ती गरेको हो । समितिको निर्णय सँगै सुकुना बहुमुखी क्याम्पसमा एक कार्यक्रमका बिच प्रमुख राईले शपथ ग्रहण गरेको सुकुना क्याम्पसले जनाएकाे छ ।

क्याम्पस प्रमुख बनेका राई यस अधि क्याम्पसको सहायक क्याम्पस प्रमुख थिए । बि.सं. २०४८ सालमा स्थापना भएको उक्त क्याम्पसको पाँचौ प्रमुखको रूपमा राईले शपथ ग्रहण गरेका हुन् । यस अघि स्थापना कालमा रामप्रसाद काफ्ले प्रमुख रहेका थिए भने त्यसपछि पीतकुमार श्रेष्ठ, प्रेमप्रसाद भट्टराई, लक्ष्मीकुमार श्रेष्ठ हुँदै चन्द्रमणि राई नियुक्त भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित