सावधान ! गर्भनिराेधक चक्कीकाे प्रयाेगले हुन सक्छ क्यान्सर

मानिसको शरीरमा रहेका सेल्स (कोषिका) वृद्धि हुने एउटा निश्चित दायरा हुन्छ । शरीरका कोषले कस्तो आकार लिने र कतिसम्म वृद्धि हुने भन्ने निश्चित हुन्छ । तर, कहिलेकाहीँ कोष्ष् अनियन्त्रित रूपमा बढ्दा नियमितभन्दा फरक आकार लिन सक्छन् । यसरी कोषहरू अनपेक्षित रूपमा वृद्धि भएर शरीरका अंगको आकार–प्रकारमा फेरबदल आयो भने क्यान्सर भएको हो कि भनेर शंका गर्न सकिन्छ ।

महिलाहरूमा ब्रेस्ट (छाती) र पाठेघरको क्यान्सर धेरै देखिन्छ । महिलाको छातीको आकार यसै पनि ठूलो नै हुन्छ । त्यसकारण पनि छातीको क्यान्सरमा धेरैको ध्यान गएको पाइँदैन । नेपालमा ५ वर्षयता छातीको क्यान्सर रोगीको संख्या धेरै बढेको छ । क्यान्सरपीडित महिलामध्ये २१ प्रतिशत महिलालाई ब्रेस्ट क्यान्सर भएको पाइएको छ ।

ब्रेस्ट क्यान्सरको पहिलो लक्षण छातीको आकार अनियन्त्रित र अस्वाभाविक तवरमा वृद्धी हुनु हो । तर, छाती ठूलो हुँदैमा क्यान्सर नै भएको हो भन्न नसकिए पनि अप्राकृतिक तवरमा छातीको आकार बढेमा भने शंका गर्न सकिन्छ । छाती अस्वाभाविक रूपमा वृद्धि हुनु, गाँठो देखिनु, छालाको नियमित रंगमा परिवर्तन आउनु, छालामा नसा देखिनु, स्तनको मुन्टोबाट पानी निस्कनुले क्यान्सरको सम्भावना संकेत गर्छन् ।

छातीको क्यान्सर फैलिएर काखी, पेट, गर्धन, मुटु, मस्तिष्क वा फोक्सोसम्म पनि पुग्न सक्छ । तसर्थ छातीको आकारमा देखिने परिवर्तन वा छातीमा कुनै गाँठो देखिएमा सचेत हुनुपर्छ । छातीमा कुनै गाँठो देखियो, तर त्यो गाँठो बढेन वा अन्यत्र फैलिएन भने त्यसलाई क्यान्सर भनिँदैन । यो सामान्य ट्युमर मात्रै हो ।

क्यान्सरको मुख्य प्रवृत्ति भनेको फैलिनु हो । यदि यसरी छातीमा देखिएको गाँठो फैलियो, छातीको आकार बढ्यो र त्यसको प्रभाव अन्यत्र पनि पर्यो भने जाँच गराइहाल्नुपर्छ ।

छातीमा १५ देखि २० प्रकारका ट्युमर देखिन सक्छन् । तर, यसरी देखिने सबै ट्युमर क्यान्सर भने होइनन् । सुरुकै अवस्थामा क्यान्सर नफैलिने भएकाले छातीमा कुनै अस्वाभाविक वृद्धि देखिनासाथ जाँच गराउनुपर्छ ।

लक्षण देखिएको पहिलो चरणमा आफैँले पनि परीक्षण गर्न सकिन्छ । यसलाई सेल्फ ब्रेस्ट एक्जामिनेसन भनिन्छ । महिनावारी भएको ७ वा ८ दिनमा महिलाले आफैँ आफ्नो छाती नियाल्न सक्छन् । छातीको आकार, प्रकार र गाँठाबारे आफैँ छामेर पत्ता लगाउ सकिन्छ । यस्तो विधि हरेक महिलाले एक महिनामा एकपटक अपनाउँदा राम्रो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित