एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाण्डौ / माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा आज सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । एसईई परीक्षाको नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

आज बोर्डको बैठक लगत्तै परीक्षा फल प्रकाशन गर्ने तयारी भएको बताइएको छ । एसईई परीक्षामा नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ तथा आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए । यस वर्षदेखि पहिलो पटक संघीय संरचनाको स्वरूपअनुसार एसइई परीक्षा सञ्चालन गरिएको छ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित