एभरेष्ट मल्टि टेक्निकल कलेजले गर्यो उर्लाबारीमा सरसफाई

उर्लाबारी । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद कुलप्रसाद साम्बा लिम्बू कुशलले सरसफाईलाई अभियानका रुपमा सञ्चालन गर्नु पर्ने बताएका छन् । एभरेष्ट मल्टि टेक्निकल कलेज उर्लाबारीको बुधबार भएको दशौं बार्षिक उत्सव तथा सरसफाई कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

उनले आफ्नो गाउँ ठाउँलाई सफा र सुन्दर बनाउनु सबै नागरिकको दायित्व भएकाले सरसफाई अभियानमा जुट्न आव्हान गरे । फोहोरमैलाका कारण विभिन्न रोकका संक्रमण फैलिने खतरा रहेको उल्लेख गर्दै उनले आफ्नो घर आगँन, गाउँ टोल र बजारलाई सफा बनाउनु पर्नेमा जोड दिए ।

मैले फोहोर गर्नु हुँदैन भन्ने भावनाको विकास नभएसम्म सरसफाई गरेर मात्र केही नहुने उनको भनाई छ । एभरेष्ट मल्टि टेक्निकल कलेजले बार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अघि बढाएकोमा खुशी प्रकट गर्दै आगामी दिनमा पनि रचनात्मक कार्यमा लाग्न सुझाव दिए ।

एभरेष्टले बार्षिक उत्सवको अवसरमा उर्लाबारी चौक सरसफाई कार्यक्रम गरेको छ । एभरेष्टका विद्यार्थी, जनपथ र सशस्त्र प्रहरीको टोलीले उर्लाबारी चौक सरसफाई गर्दै जथाभाबी फोहोरमैला नगर्न सचेतना अभिबृद्धि गरेको छ । त्यस्तै, बिहीबार उर्लाबारी–७ स्थित नमूना बाल गृहलाई खाद्यान्य सहयोग गर्ने जनाइएको छ । त्यस्तै शुक्रबार रक्तदान र शनिबार विभिन्न क्षेत्रका क्रियाशिल २ सय ५० भन्दा बढीलाई सम्मान गर्दै कार्यक्रम समापन गरिने संस्थापक प्रिन्सिपल सुवन ढकालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित