सावधान ! धेरै मोबाइल नचलाउनुहोस् , निस्किँन्छ टाउकोमा सिंग !

काठमाण्डौ / स्मार्टफोन आविष्कार भएपछि मानिसहरू जतिखेर पनि स्मार्टफोनमा झुण्डिन थालेका छन् । यसको अधिक प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने अनेकौं अनुसन्धानले देखाएका छन् । हालै गरिएको एक अनुसन्धानले मोबाइलको अत्यधिक प्रयोगबाट अनौठो खुलासा गरेको छ । मोबाइलले शरीरभित्रको अस्थिपञ्जरलाई परिवर्तन गरिरहेको अनुसन्धानले देखिएको छ । मोबाइल धेरै प्रयोग गर्ने युवाहरूको शिरमा सिंग निस्किरहेको छ ।

बायोमेकानिक्समा गरिएको अनुसन्धानले टाउको धेर झुकाउँदा युवाहरूको खोपडीको पछिल्तिर सिंग निस्किरहेको देखिएको छ । मेरुदण्डको हाड बांगिँदै गएर टाउको पछाडि हूक वा सिंग जस्तो हाड बढिरहेको अनुसन्धानमा भेटिएको छ । महिला भन्दा पुरुषमा यो समस्या बढी देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित