विवाह मण्डपमै बेहुला पब्जीमा मस्त (यस्ता छन् पब्जी खेलका रोचक तथ्य )

युवाहरु कतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ । जुन भिडियो अहिले टीकटकमा भाइरल नै बनाइएको छ ।
बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेको छ । फूलमाला र नयाँ कपडामा बेहुलीको साथमा जग्गेमा बसिरहेको युवक पब्जी खेलिरहँदा बेहुली भने उसैतर्फ हेरेर मौन छन् ।

त्यसो त, यही वर्ष दुबईमा एक महिलाले पब्जीमा ब्यस्त आफ्ना श्रीमानलाई गेम खेल्न रोक्न खोज्दा डिभोर्स नै पाएकी थिइन् । भारतमा भने गत महिना मात्रै १६ वर्षे किशोरले पब्जी खोल्न आमाले रोकेपछि आत्महत्या नै गरेको समाचार सार्वजनिक भएको थियो । यस्तैमा पछिल्लो केही दिनयता विवाह मण्डपमै पब्जी खेलिरहेको भिडियोले चर्चा पाएको हो

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित