इटालीकी एक युवतीको शरीरबाट निस्कन्छ पसिनाको साटो रगत : किन होला ?

व्यायाम गर्दा वा शारीरि मिहिनेत गर्दा शरीरबाट पसिना निस्किनु स्वभाविक हो । तर इटालीकी २१ वर्षीया एक युवतीको शरीरबाट व्यायाम गर्दा पसिनाको साटो रगत निस्किन्छ । उनको टाउकोदेखि हत्केलासम्मका भागबाट रगत निस्कने गरेको छ ।ती युवती अनौठो समस्याबाट ग्रसित छिन्, जसको कारण पत्ता लगाउन डाक्टरहरु पनि असमर्थ छन् ।

कुनै पनि शारीरिक मिहिनेत गर्दा उनको जिउबाट रगत निस्किन्छ ती युवतीको समस्यालाई ब्लड स्वेटिङ अर्थात् रक्त पसिना भनिन्छ । उक्त रोग भएका मानिसको शरीरबाट पसिनाको साटो रगत निस्किन्छ ।ती युवतीको अहिले उपचार भइरहेको बताइएको छ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित