यस्तो तस्विर फेसबुकमा पोष्ट गर्दा डाक्टरी लाइसेन्स नै खारेज

म्यानमार / म्यानमारको मेडिकल काउन्सिलले एकजना महिला डाक्टरको लाइसेन्स रद्द गरिदिएको छ । मोडेलसमेत रहेकी ती सुन्दरी डाक्टरले अनुचित प्रकारका कपडा लगाएर खिचेको फोटो फेसबुकमा पोस्ट गरेको आरोपमा उनको डाक्टरी लाइसेन्स खारेज गरिएको हो ।
डाक्टर नांग मी सानले लाइसेन्स फिर्ता लिने काउन्सिलको निर्णयलाई गलत बताउँदै यसको कडा विरोध गरेकी छिन् र यसलाई व्यक्तिगत स्वतन्त्रतामा दखलको संज्ञा दिएकी छिन् । २९ वर्षकी डाक्टर नांग मी सानले आफ्नो सोसल मिडिया अकाउन्ट फेसबुकमा विभिन्न बोल्ड तस्बिर पोष्ट गरेकी छिन् जसमध्ये धेरैमा उनले बिकिनी लगाएकी छिन् ।

काउन्सिलले नांगलाई नोटिस पठाउँदै यस्ता तस्बिर देशको संस्कृति विरोधी भएको बताउँदै यसैका कारण लाइसेन्स रद्द गरिएको जानकारी दिएको छ । मेडिकल प्राक्टिसका बेला आफूले कहिले पनि छोटो कपडा नलगाएको र डाक्टर बन्न आफूले लामो संघर्ष गर्नुपरेको उनले बताएकी छिन् ।

डाक्टर नांग जनरल फिजिशियन हुन् र चार वर्षसम्म उनले डाक्टरको रुपमा काम गरेकी थिइन् । यद्यपि, पछिल्लो दुई वर्षदेखि उनले मोडलिङको करियर अघि बढाउन डाक्टरी पेशालाई स्थागित गरेकी थिइन् । अब काउन्सिलले लाइसेन्स रद्द गरेपछि उनको समस्या बढेको छ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित