सबैलाई चकित पार्दै सामान्य किसानले बनाए रुख चढ्ने बाइक

काठमाडौ / सामान्यतया रुखमा बाँदर सजिलै चढ्न सक्छ । सुरिलो रुखमा चढ्न मानिसलाई समेत कठिन हुन्छ । तर, भारतमा एकजना किसानले रुखमा चढ्ने साइकल बनाएका छन् ।

भारतको कर्नाटक राज्यका एक किसानले सजिलोसँग रुख चढ्न सकिने साइकल बनाएका छन् । साइकल आकारको यो मेसिनको सहयोगमा जुनसुकै उचाइको रुख सजिलै चढ्न सकिन्छ । कर्नाटकको सजिमामूडा नामक गाउँमा बस्ने गणपति भट्ट नामका किसानले यस्तो साइकल निर्माण गरेका हुन् ।

यो मेसिन रुखको फेदमा जडान गरेर त्यसमा रहेको सिटमा बसिसकेपछि त्यसलाई चलाएर रुखको टुप्पासम्म पुग्न सकिन्छ । यो निकै सजिलो र उपयोगी आविष्कार भएको उनको दाबी छ । यो साइकलमा ६० देखि ८० किलो वजन भएका मानिस चढ्न सक्छन् । पेट्रोलबाट चल्ने यो मेसिनको सुरक्षा तथा सावधानीको उचित व्यवस्था मिलाइएको छ ।

किसानहरुलाई नरिवल, सुपारीजस्ता सुरिला रुख चढ्न निकै अप्ठेरो पर्ने भएको हुँदा त्यस्ता रुखहरुमा चढ्नका लागि किसानहरुको पहिलो रोजाइमा यो साइकल पर्ने विश्वास उनको छ ।

यो सँगै यस कुरालाई लिएर भारतका चर्चित व्यवसायी महिन्द्रा एंड महिन्द्रा ग्रुपका प्रमुख आनंद महिन्द्राले कर्नाटकका किसान गणपति भट्‌टको बाइक खोजको तारिफ गरेका छन् । यस बाइकको मद्धतले नरिवल, सुपारी लगायतका रुपमा केही सेकेन्डमा चढ्न सकिन्छ ।

आनन्दले ट्वीट गर्दै भने, ‘यो वास्तवमा एक अद्धभुत छ । यो बाइक राम्रो र प्रभावकारी मात्रै छैन । यसको डिजाइन झन आर्कषक देखिन्छ ।’ महिन्द्राले आफ्ना एक कर्मचारीलाई मेन्सन गर्दै यसका बारेमा बुझ्न र अपडेट गरेर बजारमा पठाउन पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित