पुरुषले सपनामा महिला देख्दा के हुन्छ :- पढ्नुहोस्

ज्योतिष र सपनाको गहिरो सम्बन्ध छ । सपनामा कुनै महिला देख्नुभयो भने त्यसको विशेष अर्थ लाग्छ । कुनै पुरुषले सपनामा महिलालाई चुम्बन गर्यो वा संसर्ग गर्यो भने उसले अचानक धेरै धन पाउने सम्भावना हुन्छ ।

सपनामा गोरी सुन्दर स्त्रीले अंगालो हालेको सपना देखियो भने छिट्टै धनप्राप्ति हुन्छ । अप्सराहरूको दर्शन भयो भने अतुल्य धन पाइन्छ ।

सपनामा बुर्का लगाइएको महिला देखियो भने मित्रबाट विश्वासघात हुन्छ । सपनामा तास खेलिरहेकी महिला देखियो भने सम्मान प्राप्ति हुन्छ र धनसम्पत्ति बढ्छ ।

सपनामा प्रेमिकासँग घुम्न गएको देखियो भने त्यही प्रेमिकासँग पछि दाम्पत्य जीवन सुमधुर हुन्छ । भिखारीले पनि यस्तो सपना देखेमा मालामाल हुन्छ ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित